header
ताजा खाबर :

रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा खुल्ला दिसामुक्त क्षेत्र घोषणा

 
आज रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।साविकको हिमगंगा गा.वि.स हाल रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा रामेछाप जिल्लाको ३७ औ खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषित भएको हो ।वडा कार्यालय हिमगंगाको आयोजना तथा सबल कार्यक्रम अन्र्तगत सामुदायिक जनशक्ति विकास कार्यक्रम ,गोल्माटार,सामुदायिक विकास समाज सि.डि.एस को सहयोगमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि रामेछाप नगरपालिकाकी उपमेयर सिर्जना खड्का,विशेष अतिथि खानेपानी सरसफाई तथा डिभिजन कार्यालय रामेछापका बखत बहादुर थापा र कार्यक्रमको सभापति वडाअध्यक्ष टुपेन्द्र तामाङ हुनुहुन्थ्यो । कार्यक्रमका सभापति एवम् रामेछाप नगरपालिका वडा नं ४ का वडाध्यक्ष टुपेन्द्र तामाङले वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदैँ सबै हिमगंगाबासीलाई चर्पीमै दिसापपिसाब गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा सबल परियोजना रामेछापका वरिष्ठ जिल्ला संयोजक डिल बहादुर नेपाली,एन जि ओ फेडेरेशनका अध्यक्ष मिलन घिसिङ,खानेपानी उपभोक्ता समिति महासंघ रामेछापका अध्यक्ष लेख बहादुर कार्की र वडा भरीको आमनागरिकको सहभागिता रहेको थियो ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...