header
ताजा खाबर :

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

 
२०७४ मंसिर १२ गते , हजुरको रेडियो रामेछाप ।।
लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौँ कोही नछुटौँ’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान मंसिर ९ गतेबाट सुरु भएपनि रामेछापमा भने  आजबाट सुरु भएको छ । प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनावको कारणले गर्दा ३ दिन  ढिला भएर  आजबाट सुरु भएको महिला तथा बालबालिका कार्यालय रामेछाकी प्रमुख  सत्यदेवी अधिकारीले जानकारी दिनुभएको छ ।  हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको सहभागितामा चेतनामुलक कार्यक्रम हुने गरेका छन् । सोहि  अभियान अन्तर्गत आज पहिलो दिन रामेछाप जिल्लाको सद्रमुकाम मन्थलीमा अहिले केहि बेरमा मन्थलीमा मोटरसाइकल ¥याली गर्न लागिएको महिला तथा बालबालिका कार्यालय रामेछापले जानकारी दिएको छ । महिला तथा बालबालिका कार्यालय रामेछापले दिएको जानकारी अनुसार यो अभियान भरी प्रत्येक गाउँपालिका र नगरपालिकाको कार्यालय परिसर  भित्र महिला हिंसा विरुद्ध लेखिएको चेतनामुलक पोष्टर पम्प्लेट , व्यानर , जिल्ला भित्रको सन्चारमाध्यमबाट लैङिगक हिंसा सम्बन्धि चेतनामुलक सन्देश प्रसारण र अन्तिम दिन मंसिर २४ गते हालसम्म गरिएको कार्यक्रमको समिक्षा र साँझमा दिपावली  गरिने छ ।  महिला हिंसा विरुद्धका कार्यक्रम भैरहे पनि हिंसाका घटना भने रोकिएको छैन । महिला आफ्नै अभिभावक, श्रीमान र समाजबाट पीडित हुने गरेका घटना सार्वजनिक भैरहेका छन् । तर पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि महिला हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले संख्या बढेको देखिएको महिला अधिकारकर्मीहरुको भनाई छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...