header
ताजा खाबर :

रामेछापमा ८९ हजार ५ सय ८७ जनाले गरे मतदान , ५८ प्रतिशत मत खस्यो ।।

 
रामेछाप जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि ८९ हजार ५ सय ८७ मत खसेको छ । रामेछापको एक प्रतिनिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रबाट ५८.७३ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत मधु पौडेलले जानकारी दिए । उनले सबै मतदान केन्द्रबाट सदरमुकाम मन्थलीसम्म मतपेटिका ल्याइ सकिएको  बताए । उनले भने,‘प्रतिनिधिसभा र प्रदेहशभाको लागि ४४ हजार १ सय १४ महिला र ४५ हजार ४ सय ७३ पुरुषले मतदान गरेका छन् ।’  यसैबिच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपनि रामेछापमा मतगणना गर्न ११ दिन कुर्नपर्ने भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि सबै क्षेत्रको एकसाथ मतगणना कार्य अगाडि बढाइने भएको छ । रामेछापमा आठ स्थानीय तहका १९१ मतदान खसेका मतलाई सुरक्षा दिन जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ । सुरक्षाकर्मीको साथै मतपेटिको सुरक्षाको लागि मतपेटिका राखिएको स्थानमा सिसि क्यामेरा जडान गरिने भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले मतपेटिकाको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिने बताए । उनले भने,‘राजनीतिक दलहरुले आग्रह गरेको अवस्थामा मतपेटिका सिल गरेर राखिने चार वटा कोठाको भित्र र बाहिर नै सिसि क्यामेरा जडान हुन्छ ।’ भोलीसम्म सबै स्थानबाट मतपेटिका आइपुग्ने र भोली नै सिसि क्यामेरा जडान गरिने उनले जानकारी दिए । मत गणना भने मंसिर २१ गते संवदलिय बैठक राखेर मात्र प्रतिनिधिसभा र प्रदेशसभा कहाँबाट गणना गर्ने भन्ने विषयको टुंगो लाग्नेछ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...