header
ताजा खाबर :

रामेछापका स्वास्थ्य संस्थामा औषधि अभाव

 
सरकारले नागरिकको हितलाई ध्यानमा राखी जिल्ला अस्पतालसहित सबैजसो स्वास्थ्य संस्थामा निःशुल्क औषधिको व्यवस्था गरेको भएपनि रामेछापका जिल्ला अस्पतालदेखि गाउँ तहका स्वास्थ्य चौकीमा समेत निःशुल्क रुपमा पाइने औषधिको अभाव भएको छ । स्वास्थ्य मन्त्रालयले ति स्वास्थ्य संस्थामा आवश्यक औषधिको व्यवस्थापन गर्न नसक्दा जिल्लाका कतिपय स्वास्थ्य संस्थामा निःशुल्क रुपमा पाइने औषधिको अभाव भएको हो । यसरी सरकारले तोके अनुसार अभाव भएका औषधिमा मेट्रोनिडाजोल, एम्लोडिपिन, सालमुटामोल, रेनिटिडिन, लिग्नोकल इन्जेक्सनसहितका औषधि समेत रहेका छन् । यसरी औषधिको अभाव भएका स्वास्थ्य संस्थाहरुमा प्र्राथमिक स्वास्थ्य  केन्द्र गेलु, स्वास्थ्य चौकी वेथान, स्वास्थ्य चौकी खाँडादेवी, स्वास्थ्य चौकी हिलेदेवी, स्वास्थ्य चौकी गौश्वारा, स्वास्थ्य चौकी लखनपुर, स्वास्थ्य चौकी गुन्सी, स्वास्थ्य चौकी गुम्देल लगायत रहेका छन् । विभागले समयमा औषधि टेन्डरको प्रक्रिया अगाडि बढाउन नसक्दा स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।  सरकारले स्वास्थ्यको पहुँच नागरिकसम्म पु¥याउने उद्देश्यका साथ जिल्ला अस्पतालमा ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निःशुल्क रुपमा वितरण गर्ने भन्दै त्यसलाई व्यहारमा ल्याएको थियो । कार्यान्वयमा कमजोरीका कारण नागरिकले औषधि पाउन सकेका छैनन् । रामेछापमा जिल्ला अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई गरी ७० वटा स्वास्थ्य संस्था रहेका छन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...