header

रामेछापमा आइपुग्यो निर्वाचन सामाग्री

 
 हजुरको रेडियो रामेछाप ।।
रामेछापमा आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज आईपुगेको छ । निर्वाचानको लागि आवश्यक मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसीलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो । जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले  जानकारी दिनुभएको छ । आगामि मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछाप जिल्लाबाट १ लाख ५२ हजार ५ सय ५९ जना मतदाताले मतदान गर्दैछन् । निर्वाचनमा जिल्लाबाट ७६ हजार १ सय ३४ महिला र ७६ हजार ४ सय २५ पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । स्थानीय तहको निर्वाचनमा भन्दा यो निर्वाचनमा रामेछापबाट १८ हजार भन्दा बढि मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी उपाध्यायले जानकारी दिए । निर्वाचन अधिकारी उपाध्यायका अनुसार रामेछापको प्रदेश तर्फ क्षेत्र नम्बर १ बाट ३६ हजार ४ सय ६२ महिला र ३६ हजार ७ सय ५ पुरुष गरी ७३ हजार १ सय ६७ मतदाताले निर्वाचनमा भाग लिँदै छन् ।त्यसैगरी प्रदेशको क्षेत्र नम्बर २ मा ३९ हजार ६ सय ७२ महिला र ३९ हजार ७ सय २० पुरुष गरी ७९ हजार ३ सय ९२ मतदाताले मंसिर १० गते हुने निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...