header

रामेछापमा अहिलेसम्मकै ठूलो माला कान्छारामलाई

 
कात्र्तिक २२÷मन्थली 
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेद्वार पूर्ण बहादुर तामाङ कान्छारामलाई अहिले सम्मकै ठूलो माला लगाएर स्वागत गरिएको छ । चुनावी अभियानका लागि रामेछापको क्षेत्र नम्बर २ अन्तर्गत खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुम पुगेका तामाङलाई ८५ किलो ग्रामको मालाले स्वागत गरिएको छ । नेपालको ईतिहासमा सबैभन्दा ठूलो माला लगाउने कान्छाराम दोस्रो व्यक्ति बनेका छन् । सबै भन्दा ठूलो माला नेपाली कांग्रेसकै नेता खुम बहादुर खड्कालाई लगाईएको थियो । नेता खड्कालाई जेलबाट निस्कदा कांग्रेस कार्यकर्ताले १ सय किलोको माला लगाईदिएका थिए । 
विभिन्न विपतका बेला सेवा गरेर गाउँगाउँका जनतामाझ निकै लोकप्रिय बनेका नेता कान्छाराम नेपाली कांग्रेसबाट रामेछापका प्रतिनिधि सभा सदस्य तर्फका प्रत्यक्ष उम्मेद्वार हुन । उनले जिल्लाका विभिन्न स्थानमा एम्बुलेन्स वितरण, विद्यालयहरुमा आर्थिक सहयोग तथा प्राकृतिक विपत्तिका बेला उद्वार गरेर निकै लोकप्रियता कमाएका छन् । रामेछापमा यति ठूलो फुलको मालाले स्वागत हुने नेता कान्छाराम पहिलो व्यक्ति हुन् । गाउँमा चुनावी अभियानका क्रममा स्थानीय बासिले बाजागाजा सहित स्वागत गरेर केही दिन अघि मात्रै कान्छारामलाई २१ किलोको मालाले स्वागत गरेका थिए । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...