header

रामेछापका राजनीतिक दलद्धारा निर्वाचन आचारसंहिता उल्लङघन

 
कात्र्तिक २२÷मन्थली 
रामेछापमा चुनावी माहोल तात्दै गएपनि जिल्ला सदरमुकाम मन्थली बजारमा भने जिल्लामा क्रियशिल राजनीतिक दलले आचार संहिता विपरीत झण्डाको माला उनेर मुख्य बजारको सडक वारपार हुने गरी टाँगेका छन् । रामेछापमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका राजनीतिक दलहरुले निर्वाचन आयोगको आचार संहितालाई ख्याल नगरी त्यस विपरीत झण्डा र पोष्टर टाँगेर आचार संहिता उल्लङ्घन गरेका हुन । आयोगले निश्चित मापदण्डका पर्चा र पम्प्लेट मार्फत चुनावी प्रसार प्रसार गर्न भनेपनि राजनीतिक दलहरुले भने रातारात तछाड मछाड गर्दै झण्डाकै माला उनेर बजार छपक्कै पारेका छन् । विजुलीका खम्बा र सार्वजनिक स्थलका भित्ताहरुमा विभिन्न दलका उम्मेद्वारका फोटो सहितका पर्चा र ठूला तस्वीर सहितका व्यानरहरु टाँगिएका छन् । मन्थली बजारमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, संघिय समाजवादी फोरम लगायतका दलले आ–आफ्ना दलको चिन्ह र चुनाव चिन्ह सहितका झण्डाहरु डोरीमा उनेर सडकको वारपार हुने गरी टाँगेका छन् । 
यस विषयमा जिल्ला निर्वाचन कार्यालय रामेछापले दलहरुले आचार संहिता विपरीतको काम गरेको तर अहिलेसम्म कुनै उजुरी नपरेको बताएको छ । जिल्लाका राजनीतिक दलले आचार संहिताको पालना नगरी झण्डाले बजार रङ्ग्याएको विषयमा उजरी आए कारबाही गर्ने जिल्ला निर्वाचन कार्यालय रामेछापले बताएको छ । प्रतिनिधि सभामा एक र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र भएको रामेछापमा ३६ जनाले उम्मेद्वारी दिएका छन् । संसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनबम लागि नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धन र स्वतन्त्र सहित गरी जम्मा १४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी सोही मितिमा हुने प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा १० जना र २ मा १२ जनाले उम्मेद्वारी दिएका छन् । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...