header

आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा रामेछापमा प्रचार प्रसार तिव्र ।।

 
आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो जीत सुनिश्चत भन्दै चुनावी अभियानमा लागेका विभिन्न राजनितिक दल र तिनका उम्मेदवारहरु यतिबेला मतदाता रिझाउन गाउँगाउँ पुगेका छन् । यसअघिका चुनावमा गाउँमा घरदैलोको तुलनामा जनसभाहरुलाई पहिलो प्राथमिकता दिने गरेका उम्मेदवारले यसपटक भने घरदैलो अभियानलाई बढी प्राथमिकता दिँदै आएका छन् । विभिन्न पार्टी र स्वतन्त्र गरी १२ भन्दा दल र तिनका उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये पनि रामेछापमा लोकतान्त्रिक र वाम गठबन्धनबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव प्रचारप्रसारको अभियानमा सबैले आफ्ना एजेन्डासहित घरदैलो अभियानलाई नै प्राथमिकता दिएका हुन् ।  घरदैलो अभियान सवैभन्दा बढी प्रभावकारी हुने ठहरसहित आफ्नो पार्टीले जनसभाको तुलनामा यसपटक घरदैलो अभियानलाई तीव्र बनाएको नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले जानकारी दिनुभयो । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा गरी तीनवटै सिटमा आफ्ना पार्टीका उम्मेदवाहरुले जित्ने दाबी गर्दै उहाँले यसका लागि घरदैलो अभियान आफ्नो पार्टीका लागि सहज वातावरण बनेको बताउनुभयो । एकहप्तादेखि क्षेत्र नं १ को मावि बावियाखर्क र क्षेत्र नं २ को चिसापानीबाट प्रचारप्रसार अभियान संचालन गरेको नेपाली कांग्रेसले शुक्रबारसम्म पहिलोचरणमा साबिकका गेलु, चनखु, फुलासी, डडुवा, दोरम्वा, टोकरपुर, गौश्वारा, लखनपुर गाविसहरुमा जनसभा र भेटघाटको कार्यक्रम सम्पन्न गरिसकेको छ । 
त्यसैगरी क्षेत्र नं १ को साबिकका रामेछाप, सुकाजोर, ओख्रेनी,रामपुर, हिमगंगा, देउराली, साँघुटार र गोठगाउँ गाविसहरुमा पहिलो चरणको चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिसकेको नेपाली कांग्रेसले प्रचार प्रसार अभियानलाई फेरि गाउँगाउँमा पु¥याउनेसहितको कार्यतलिका बनाएको छ । यसपटक नेपाली कांग्रेसले सिङ्गो लोकतान्त्रिक गठबन्धनको समर्थनमा प्रतिनिधिसभा तर्फ युवा नेता पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशसभा तर्फ युवाद्धय रत्नबहादुर कार्की र जितबहादुर थापामगरको उम्मेदवारी दिएकाले पनि आफ्नो पार्टीका लागि जित सहज भएको दाबी गरेको छ । वाम गठबन्धनका नाममा आफ्नो अभियान लिएर गाउँमा पुगेका नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवाहरुले पनि पहिलो चरणमा क्षेत्र नं १ को साबिक गुम्देल, वाम्ती, चुचुरे, प्रिती, भुजी, ठोसे, कुवुकास्थली, रस्नालु लगाएतका गाविसहरुमा जनसभा र घरदैलो अभियान पुरा गरेका छन् । त्यसैगरी क्षेत्र नं २ तर्फ साविकको चिसापानी, पुरानागाउँ, गेलु, फुलासी, डडुवा, दोरम्बा, गौश्वारा, टोकरपुर लगाएतका गाविसहरुमा घरदैलो र जनसभा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले जिल्ला सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धनले प्रतिनिधिसभा तर्फ एमाओवादीका नेता एवं बिना विभागीय राज्य मन्त्री श्यामकुमार श्रेष्ठ, प्रदेशसभाको (क) तर्फ एमाले पार्टीका जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र (ख) मा पूर्व जिविस सभापति कैलाशप्रसाद ढुंगेललाई साझा उम्मेदवार बनाएर चुनावमा होमिएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...