header
ताजा खाबर :

गौरीशंकर मा.वि का पुर्वविद्यार्थी तथा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

 
तिर्थमाया तामाङ,हजुरको रेडियो ।।
रामेछाप नगरपालिका वडा नं ८ मा रहेको गौरीशंकर मा. वि. मा आज विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी तथा स्थानीय तहमा निर्वाचित नगरप्रमुख,वडाअध्यक्ष तथा वडासखस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न् भएको छ ।कार्यक्रम आयोजक गौरीशंकर पुर्व विद्यार्थी समाज काठमाण्डौका अध्यक्ष राजनप्रसाद घिमिरेको सभापतित्व तथा रामेछाप नगरपालिकाको प्रमुख नर ब. मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।रामेछाप जिल्लामा सबैभन्दा बढी गौरीशंकर मा. वि. मै अध्ययन गरेका विद्यार्थीहरु स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको गौर्रीशंकर मा. वि. का प्रधानध्यापक निर बहादुर कार्कीले बताउनुभएको छ ।यस्तै निर्वाचित पुर्व विद्यार्थीहरु तथा सम्मानित विद्यार्थीहरुमा मन्थली न. पा. प्रमुख रमेश कुमार बस्नेत,लिखु गा. पा. प्रमुख गोविन्द बहादुर खड्का, म. न. पा. वडा न ं २ का वडाध्यक्ष तरणीशंकर अधिकारी, म. न. पा. वडा नं ५ का वडाध्यक्ष राम बहादुर कार्की,रामेछाप न. पा. वडा नं ६ का वडाध्यक्ष धन बहादुर खड्का,रामेछाप न. पा. वडा नं ७ का वडाध्यक्ष समिर कार्की,रामेछाप न. पा. वडा नं ९ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ,गोकुलगंगा गा. पा. वडा नं ५ का वडाध्यक्ष बलराम खड्का,लिखु गा पा वडा नं ३ का वडाअध्यक्ष यम बहादुर महत,रामेछाप न. पा. वडा नं ७ की दलित महिला वडा सदस्य समिता विश्वकर्मा,रामेछाप न पा वडा नं ७ का वडासदस्य विल बाहदुर थापा ,रामेछाप न. पा. वडा नं ७ वडासदस्य शेर बहादुर थापा,रामेछाप न. पा. वडा नं ८ का वडासदस्य सन्तोष कुमार तामाङ,रामेछाप नगर कार्यपालिका सदस्य रुकुम हायु,रामेछाप नगर कार्यपालिका सदस्य जनक सुनुवार,जिल्ला समन्वय समिति सदस्य रामबहादुर तामाङ र मन्थली न पा वडा नं ९ का वडासदस्य खड्गराज आरन लगायत उपस्थित जननिर्वाचित पुर्व विघार्थीशरुलाई सम्मान गरिएको हो ।
यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक,स्थानीय बुद्दिजिवीहरु र विघार्थीहरुको सहभागीता रहेको थियो ।यस्तै कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।नृत्य प्रस्तुत गरेका विद्यार्थीहरुलाई लिखु गाउँपालिकाका प्रमुख गोविन्द बहादुर खड्काले रु पाचँ हजार नगद पुरस्कार प्रदान गर्नुभएको छ साथै  गौरीशंकर पुर्व विद्यार्थी समाजले स्टेशनरी सामग्री प्रदान गरेका छन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...