header

‘हत्यारा’ बालकृष्ण ढुंगेल डिल्लीबजार कारागार चलान

 
 
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतबाट दोषी ठहर गरिएका माओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेललाई मंगलबार डिल्लीबजार कारागार चलान गरिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०को टोलीले ढुंगेललाई मंगलबारै ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो ।पक्राउ परेका ढुंगेललाई अदालती प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार चलान गरिएको हो ।अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्नेछ ।पक्राउ गरेपछि ढुंगेललाई अदालती प्रक्रिया पूरा गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो ।ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ८ वर्षअघि सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता ढुंगेललाई फरार भन्दै प्रहरीले पक्रेको थिएन ।ढुंगेललाई पक्रन पटक–पटक अदालतले दिएको आदेश कार्यान्वयन नगरी अदालतको मानहानि गरेको भन्दै कानुन व्यवसायी दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षकविरुद्ध नै अवहेलनाको मुद्दा हालेपछि भने प्रहरीले अन्ततः ढुंगेललाई पक्रेको हो ।माओवादी नेता ढुंगेलकै संलग्नतामा श्रेष्ठको २०५५ साल असार १० गते हत्या गरिएको किटानी जाहेरीमा अदालतले दोषी भएको फैसला गरेको थियो ।२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा–२ बाट निर्वाचित ढुंगेल सभासद रहेकैबेला अदालतबाट दोषी प्रमाणित भएका थिए ।ढुंगेलसँगै सजाय पाएका माओवादीका अर्का नेता पुष्कर गौतम भने अहिलेपनि जेलमै छन् । ढुंगेलको भने सजाय माफी गराउन तत्कालीन बाबुराम भट्टराई सरकारले राष्ट्रपतिसमक्ष सिफारिस नै गरेको थियो ।तर, सर्वोच्चले सो सिफारिस कार्यान्वयन नगर्न आदेश दिएपछि ढुंगेल फरारको सूचीमा थिए । नेताका वरिपरी नै घुमिरहने ढुंगेललाई प्रहरीले पनि फेला नपरेको भन्दै पक्रेको थिएन ।अदालतले दोषी किटान व्यक्तिलाईसमेत पक्रेर कारबाही नगरेकामा पीडित पक्ष र मानवअधिकारवादीहरुले सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि यसअघि कुनै कारबाही भएको थिएन ।तर, यसपटक भने कानुन व्यवसायी त्रिपाठीले प्रहरी प्रमुखविरुद्ध नै अवहेलनाको मुद्दा हालेपछि बल्ल ढुंगेललाई पक्राउ गरिएको हो ।एक हप्ताभित्र पक्रन आदेश दिएपनि नपक्रिएको भन्दै कात्तिक ८ गते प्रहरी महानिरीक्षकमाथि नै अदालतको अवहेलन मुद्दा दायर गरिएको थियो । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परे ।सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई जिल्ला अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसलालाई सदर गरेको थियो ।२०५५ असार १० गते माओवादी कार्यकर्ताले रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या गरेपछि उज्जनका दाइ गणेशकुमारले ढुंगेलसमेतविरुद्ध किटानी जाहेरी दिएकामा २०५९ मंसिर ६ गते माओवादीले गणेशको पनि हत्या गरेको उज्जनकी दिदी सावित्री श्रेष्ठ बताउँछिन् ।त्यही उजुरी र प्रहरी प्रतिवेदनका आधारमा २०६१ वैशाख २१ गते जिल्ला अदालत ओखलढुंगाले हत्या ठहर गर्दै ढुंगेललाई कैद सजाय हुनुपर्ने फैसला गरेको थियो ।त्यसपछि केही समय जेल परेका बालकृष्ण २०६३ सालमा पुनरावेदन अदालतले जिल्लाको फैसला उल्ट्याइदिएपछि जेलमुक्त भएका थिए ।पछि सर्वोच्चले २०६६ पुस १९ मा जिल्ला अदालतकै फैसला सदर गरी ढुंगेल दोषी रहेको फैसला गरेको थियो ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...