header
ताजा खाबर :

गुल्मीमा माइक्रोबस दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते

 
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको एक यात्रीबहाक माइक्रोबस सोमबार गुल्मीको बीरवासमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ७ जनाको घटनास्थलमा र उपचारका लागि पाल्पा लैजानेक्रममा थप एकजनाको मृत्यु भएको हो । बा४ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनामा अरु पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी । दुर्घटनमा मृत्यु हुनेहरुको सनाखत हुन नसकेको र घाइतेहरुको पनि परिचय नखुलेको प्रहरीले जनाएको छ । अवस्था हेरेर घाइतेहरुलाई उपचालका लागि पाल्पाको तानसेन पठाइएको पनि प्रहरीले जनाएको छ । गाडीमा १३ जना यात्री, चालक र सहचालक गरी १५ जना रहेकोमा दुईजना फेला नपरेको प्रहरीले जनाएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...