header

धादिङमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु

 
धादिङ, कात्तिक १० । जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।बा२ख ७१८२ नम्बरको टिपरले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा८२प ७७९७ नम्बरको मोटरसाइकललाई धुनीबेँसी नगरपालिका– ९ खानीखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।मृत्यु हुनेमा काठमाडौं बबरमहल निवासी २२ वर्षीय रामेश्वर सिलवाल र त्रिपुरेश्वर निवासी २३ वर्षीय सलिन तुलाधर रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ९रासस०

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...