header

मलेसियामा नेपाली चढेको बस दुर्घटना, ८ को मृत्यु, ३३ घाइते

 
मलेसियामा नेपाली चढेको बसलाई अर्कोबसले ठक्करदिँदा ८ जना महिलाको ज्यान गएको छ । दुर्घटनामा ३३ जना घाaइते भएका छन् । २३ जनाको अवस्था गम्भीर रहेको छ । मंगलबार बिहान कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपटि रोकिएको थियो । पछि अर्को कम्पनीको बसले ठक्करदिँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको मलेसिया किनिले जनाएको छ । सोनी कम्पनी र प्लेक्सस कम्पनीको बस नर्थ साउथ एक्सप्रेसवेको जुरुटोल प्लाजा नजिक बिहान ५ बजेर ४० मिनेटमा दुर्घटना भएको हो । यसैगरी आज बिहान भएको बस दुर्घटनामा तीन जना नेपाली घाइते भएका छन् । उनीहरुको पहिचान गरेर जानकारी गराउने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।दुर्घटनामा ८ जना महिला कामदारको ज्यान गएपनि नेपाली नपरेको दूतावासले जनाएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...