header

काठमाडौंबाट चारजना हतियारसहित पक्राउ

 
काठमाडौं । काठमाडौंको गोंगबुस्थित शिवमन्दिर शान्ति चोकबाट चार जना व्यक्तिहरु हतियारसहित पaक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बाका १९ वर्षिय भिम भन्ने जीबन श्रेष्ठ, सोही ठाउँका सुबास लामा योन्जन, मकवानपुर भिमफेदीका कुमार अधिकारी र काभे्रको छेडा घर भएका राज भन्ने टिका श्रेष्ठ रहेका छन् ।उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेर शरिर खानतलासी गर्दा जीबन श्रेष्ठले बोकेको झोलाबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग भएको गोली एक थान बरामद भएको थियो । सो समूहले प्रयोग गर्दै आएको ना.३७ प ९३८० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।पक्राउमा परेका ब्यक्तिहरुलाई हतियार तथा खरखजाना सहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...