header

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन बाम गठबन्धनको आजसम्म समयसीमा ।।

 
 
पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम र लोकतान्त्रिक गठबन्धनले आग्रह गरेका छन् । जित्ने रणनीतिका साथ तालमेल गरे पनि विभिन्न क्षेत्रमा पार्टीले बनाएको आधिकारिक उम्मेदवारविरुद्ध असन्तुष्टि जनाउँदै व्यक्तिगत रुपमा उम्मेदवारी दर्ता गरेपछि सकेसम्म फकाउने र नभए कारबाही गर्ने रणनीति बनाइएको नेताहरुले बताएका छन् । बाम गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ । बाम गठबन्धनको उम्मेदवारविरुद्ध जाजरकोट, रामेछाप, हुम्ला, बझाङ, मनाङ, दोलखालगायतका जिल्लामा बागी उम्मेदवारी दिएका छन् । दुवै पार्टीले आजसम्म आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्ताले फिर्ता लिने विश्वाससमेत लिएका छन् । जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार शक्ति बस्नेतविरुद्ध एमालेका नेता गोविन्दविक्रम शाहले उम्मेदवारी दिनुभएको छ भने रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेश सभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराउनुभएको छ । हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिमी लामाविरुद्ध छक्कबहादुर लामा र सोना मग्याजेन लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुगुमा गठबन्धनको उम्मेदवारीविरुद्ध माओवादी केन्द्रका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै रुकुम पूर्वमा पनि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाम मगर र प्रदेश सभाका सदस्यका लागि निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तेजबहादुर ओलीविरुद्ध पूर्णिराज घर्तीको उम्मेदवारी परेको ती जिल्लाका सामुदायिक रेडियोहरुले खबर पठाएका छन् ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउने सबैलाई आजसम्म उम्मेदवार फिर्ता लिन आग्रह गरिएको र नभए पार्टी कारबाहीमा पर्ने चेतावनी दिनुभयो । एमालेले पनि असन्तुष्ट नेता कार्यकर्तालाई धैर्य र संयमित हुन आग्रह गर्दै आगामी दिनमा त्यस्ता नेताहरुलाई प्राथमिकतामा राखेर निर्णय गरिने भएकाले अहिले बागी नबन निर्देशन दिइएको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...