header

नर्वाचन कार्यतालिका ः उम्मेदवार दाबी विरोध उपर आज छानबिन हुँदै ।।

 
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवार विरुद्ध परेको दाबी विरोध उपर आज छानबिन हुँदैछ ।निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार छानबिनपछि आजै नामावली प्रकाशन गरिनेछ । त्यसपछि भोली उम्मेदवारहरुले नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् । कार्तिक ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । चुनाव चिन्ह पाइसकेपछि दलहरु चुनावी अभियानमा लाग्न सक्ने आयोगले जनाएको छ । हिजो आयोगले दावि विरोधको लागि समय दिएको थियो । पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भएका ३२ जिल्लामध्ये एकजना बिरुद्ध मात्र दावि बिरोध परेको छ । ३२ जिल्ला मध्ये नुवाकोट जिल्लामा प्रतिनिधि सभा सदस्यका लागी मनोनयन दर्ता गराउनुुभएका नेपाली कांग्रेसका रमेशकुमार महत बिरुद्ध मात्र दावि विरोध परेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आइतबार मनोनयन दर्ता भएको थियो । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...