header

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस ।।

 
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईंदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९३ मा अक्टोबर १७ का दिन यो दिवस मनाउने निर्णय गरेसँगै प्रत्येक वर्ष यो दिवस विश्वभर मनाउने गरिएको छ । यसवर्ष ‘गरिबी अन्त्यका लागि अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको आह्वान ः शान्तिपूर्ण र समावेशी समाज निर्माणतर्फको यात्रा नै हो समाधान’ भन्ने नाराका साथ यो दिवस मनाईंदैछ । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । उहाँले शुभकामनामार्फत एक्काइसौं शताब्दीमा आइपुग्दा गरिबी अस्वीकार्य विषय हो भन्दै सन् २०३० सम्म गरिबी अन्त्यको लक्ष्यमा सरकार प्रतिबद्ध भएको बताउनु भएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...