header

किशोरी नयाँ भूमिकामा हजुरको रेडियोमा बहसमुलक कार्यक्रम चलाउँदै ।।

 
 
राजन महतारा क्षेत्री , हजुरको रेडियो रामेछाप ।।
रामेछाप जिल्लाकै पहिलो सामुदायीक रेडियो  हजुरको रेडियो १०२.१ मेगाहजमा आज रामेछाप नगरपालीका ८ की  १६ बषर्र््िाय  किशोरी  मिरा शाहि एक दिन नयाँ भूमिकामा देखिनुहुने  भएको छ । अक्टोबर ११ अर्थात असोज २५ गते आज  विश्व बालिका दिवसका अवसरमा रामेछाप जिल्लाकै पहिलो सामुदायीक रेडियो  हजुरको रेडियो १०२.१ मेगाहर्जमा मिरा शाहि किशोरी रेडियोकर्मीको भूमिकामा देखिनुहुने भएको हो ।  यसअघि कहिल्यै रेडियोमा काम नगर्नु भएकी  मिरा एक दिन रेडियोकर्मीका हैसियतले टेक ओभर कार्यक्रम अन्र्तगत नयाँ भूमिकामा देखिन लाग्नुभएको हजुरको रेडियो रामेछापका  स्टेशन म्यानेजर दिपक कुमार घिमिरेले बताउनुभयो । सामुदायिक रेडियो प्रशारक संघ अकोराब नेपाल र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा “म बालिका भएकीले” भन्ने नाराका साथ आज छैठौं अन्तर्राष्ट्रिय बालिका दिवस रामेछाप जिल्लाकै पहिलो सामुदायीक रेडियो  हजुरको रेडियो १०२.१ मेगाहजले  पनि मनाउन लागेको हो । बहसमूलक रेडियो कार्यक्रममा रामेछाप नगरपालीका  मियर नर बहादुर थापा मगर   , महिला तथा बालबालीका कार्यलयकी प्रमुख सत्यदेवी अधिकारी र किशारी तथा महिलाको हक अधिकारका लागि काम गर्दै आएको संस्था आर. बि .पी. डब्लु रामेछापकी अध्यक्ष घना श्रेष्ठ सहभागि हुनुहुनेछ । बहसको नेतुत्व रामेछाप नगरपालीका ८ की  १६ बषर्र््िाय  किशोरी  मिरा शाहिले लिँदैहुनुहुन्छ । 
 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...