header

सेनामा २७ सय जनालाई जागिरको मौका, सिपाहीदेखि सिकर्मी र ड्राइभरसम्म माग

 
नेपाली सेनामा २७ सय पदमा भर्ना खुलेको छ । आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ ।सेनाले सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार ७ सय १ पदमा दरखास्त मागेको हो । जंगी अड्डाा अन्तरगत मात्र विभिन्न ५ सय ९४ पदमा दरखास्त आह्वान गरिएको छ ।विभिन्न पदका लागि छुट्टा(छुटै योग्यताहरु निर्धारण गरिएका छन् । सेनाले सैन्य जवान पदमा धेरै जना माग गरेको छ । यस्तै अमल्दार कुचिकार, ड्राइभर, लोहकार, धोबी, सूचिकार, केशकर्तक, चर्मकर्मी, सिकर्मी लगायत पदमा पनि सेनामा जागिर खुलेको छ ।यी पदमाहरु आवदेन दिन कार्तिक २० गतेसम्मको सीमा दिइएको छ । सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...