header

प्रदेश र प्रतिनिधिसभा चुनावमा एक करोड ५४ लाख मतदाता, सबैभन्दा कम प्रदेश ६ मा ।।

 
निर्वाचन आयोगले मङ्सिर १० र २१ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको सातवटै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता संख्या स्वीकृत गरेको छ । स्वीकृत मतदाता नामावली अनुसार, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कूल मतदाता संख्या एक करोड ५४ लाख २७ हजार ७३१ कायम भएको निर्वाचन आयोगले जानकारी दिएको छ । जसमा पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४९६ रहेका छन् भने महिला ७६ लाख ५१ हजार ६५ र तेस्रो लिङ्गी मतदाता १७० जना रहेका छन् । यसअनुसार एकलाख २५ हजार ४३१ पुरुष मतदाता बढी भएका छन् ।
आयोगको निर्णय अनुसार, डोल्पा जिल्ल्लाका काइके र छार्का ताङसोङ गाउँपालिकाका २४० मतदाताको स्पष्ट विवरण प्राविधिक कारणबश यकीन हुन नसकेकाले सम्बन्धित जिल्लाबाट त्यससम्बन्धी विवरण माग गरी प्राप्त भएपछि यकीन गरी मतदाता नामावलीमा समावेश गरिने छ । सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम मतदाता नामावलीमा समावेश गर्ने निर्णय गरेको थियो । मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था रहेको छ । स्वीकृत मतदाता नामावली अनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता रहेका छन् । देशका ७७ वटै जिल्लाका मतदाताहरूको संख्यात्मक विवरण निर्वाचन आयोगले आयोगको वेभसाइटमा राख्ने जनाएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...