header
ताजा खाबर :

दोलखामा झाडापखालाबाट एकजनाको मृत्यु, १२ बिरामी

 
 
दोलखा, असोज १६ – दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमीगाउँमा झाडापखालाबाट एकजनाको ज्यान गएको छ । झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षका तेन्जी शेर्पाको ज्यान गएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् । बिरामी परेकामध्ये तीनजना सिकिस्त छन् ।
गौरीशंकर गाउँपालिका–९ सिमीगाउँबाट बिरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिनुभयो ।उहाँले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको ज्यान गएको र झण्डै २० जना बिरामी भएको खबर आएकाले स्वास्थ्यकर्मीको टोली पठाइएको बताउनुभयो । रासस

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...