header
ताजा खाबर :

रामेछाप विटारमा बस दुर्घटना ३ को मृत्यु १८ घाइते ।।

 
राजन महतारा क्षेत्री ,हजुरको रेडियो रामेछाप ।।
रामेछाप रामपुरबाट काठमाडौको लागि  छुटेको हिमाल तराई यातायातको बा ३ ख ६३७५ नम्बरको  बस रामेछापको विटारमा दुर्घटना  हँुदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन  । मृत्यु हुनेहरुमा रामेछाप ओख्रनीकी उमा खडका , रामेछाप भंगेरीका दिपक श्रेष्ठ र सिन्धुली खाल्टेकी बाल कुमारी कार्की रहेका छन । यस्तै घाइते हुनेहरुमा  सिन्धुली वितीजोरका लक्ष्मी थापा मगर , सुशिला थापा मगर , अनिश थापा मगर , रामेछाप रामपुरका लगन तामाङ,पन्चमाया नेपाली , लाल ब. परियार , काजी मगर , यम कुमार मगर , बाल कुमारी तामाङ, मोहन लाल श्रेष्ठ , सिन्धुली खाल्टेकी  सुस्मिता कार्की , सुमन कार्की ,ओख्रेनीकी मेनुका खडका ,सलिना बराईली , चेक ब. मगर ,रामेछाप भंगेरीका धु्रव श्रेष्ठ र कृष्ण पौडेल रहेको छन । घाइतेहरुको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । बस तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ  । दुर्घटना भएको बस सडकबाट करिब ३० मिटर तल खसेको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...