header

निर्माण भएका कृषि उपज संकलन केन्द्र भवन उदघाटन तथा स्तान्तरण कार्यक्रम सम्पन्न ।।

 
रामेछाप नगपालिका वडा नम्बर ६ च्यास्कुमा निर्माण भएको कृषि उपज संकलन केन्द्र भवन उदघाटन तथा स्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारण कोष काठमाडौ ,रामेछाप नगरपालिका , जिल्ला विकास समिती र स्थानिय सामुदायिक वन उपभोक्ता समुहहरुको अर्थिक सहयोगमा निर्माण भएको भवन आज एक कार्यक्रमको आयोजना गरि उदघाटन तथा  हस्तान्तरण गरिएको छ । रामेछाप जिल्लाका स्रोत केन्द्रका स्रोत व्य्िक्त माधव प्रसाद सुवेदिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी रामेछाप नगरपालिकाका मियर नर बहादुर थापा मगर र कृषि उपज संकलन भवन उपभोक्ता समितीका अध्यक्ष दिपक कुमार पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथी माधव प्रसाद सुवेदिले रिबन काटि भवनको उदधाटन गर्नुभएको छ । आज भएको कार्यक्रममा रामेछाप नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष  , विभिन्न राजनितीक दलका प्रमुख एवम प्रतिनिधी लगायत रामेछाप नगरपालिका वडा नम्बर ६ च्यास्कुका स्थानियहरुको सहभागिता रहेको छ ।  कृषकले उत्पादन गरेको कृषि उपजहरु बजारसम्म लैजान टाढा भएको , समयको नाश  र बैचौलियाले किसानलाइ मारमा पारेकाले स्थानियले उत्पादन गरेको कृषि उपज सामाग्री संकलन गरी बजारको व्यवस्था र उचित बजारमुल्यको व्यवस्था गरिने कृषि उपज संकलन भवन उपभोक्ता समितीका अध्यक्ष दिपक कुमार पाख्रिनले बताउनुभयो ।
आज विश्व साक्षरता दिवस  रामेछापमा पनि मनाइँदै ।।
आज विश्व साक्षरता दिवस ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नाराका साथ अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस तथा ३८औं राष्ट्रिय शिक्षा दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा रामेछाप जिल्लाका  विभिन्न विद्यालयहरुमा आज विशेष कार्यक्रम गरि यो दिवश मनाइएको छ । रामेछाप जिल्लाका २  वटा नगरपालिका र ६ वटा गाउँपालिका भित्रका विद्यालयहरुमा आज सांस्कृतिक कार्यक्रमसँगै हाजिरी जवाफ बक्तित्वकला प्रतियोगिता , जस्ता विद्यार्थिका क्षमता वृद्धि हुने खालका कार्यक्रम गरी मनाइएको रामेछापका  विभिन्न विद्यालयहरुबाट खबर प्राप्त छ ।  
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...