header
ताजा खाबर :

भूकम्प पीडितका घर बनेनन् तर लाखौं क्यूफिट काठ जंगलमै कुहिए

 
 
सिन्धुली, भदौ १९ । भूकम्प प्रभावितका लागि आवास निर्माणमा काठको अभाव भइरहेका बेला सिन्धुलीमा भने लाखौं क्यूफिट काठ जंगलमै सड्न थालेको छ ।
सालको काठ संकलन र बिक्री वितरण गर्न नसक्दा जंगलमै कुहिन थालेको हो ।
जिल्ला वन कार्यालयले चुरे आसापसका सामुदायिक तथा सरकारी स्वामित्वमा रहेका वनक्षेत्रमा ढलापडा तथा बाढीले बगाएका लाखौं क्यु फिट काठ संकलन र बिक्री वितरण गर्न नसकेको हो ।सालको काठका लागि नेपाल मै प्रख्यात मानिएको सिन्धुलीको मरिण र कमला नदी किनार आसपास तथा विभिन्न खोला खहरेमा ढलापडा काठहरु यत्रतत्र छरिएर रहेका छन् ।बहुमूल्य काठका गोलिया संकलन गर्न नसक्दा वर्षामा बाढीले बगाउने र हिउँदमा डढेलोले नोक्सान गर्ने देखिएको छ ।भूकम्प प्रभावितले घर बनाउन काठ नपाइरहेको अवस्थामा खेर जान लागेका काठ संकलन गरी बिक्री वितरण गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...