header
ताजा खाबर :

इतिहास मै पहिलो पटक एकै ठाउँबाट ८८ किलो सुन बरामद

 
काठमाडौं, भदौ १९ । सुन तस्करीका समाचार बेला–बेला प्रकाशमा आइरहे पनि इतिहास मै पहिलो पटक ८८ किलो सुन एकै ठाउँबाट बरामद भएको छ । यति धेरै सुन बरामद भएको यो पहिलो पटक हो ।प्रहरीले सोमबार बिहान राजधानीको ठमेलमा एउटा गाडीबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकका अनुसार गोप्य सुराकीका आधारमा आइतबार रातिबाटै निगरानीमा खटिएको प्रहरी टोलीले सोमबार बिहान एउटा गाडीबाट उक्त सुन बरामद गरेको हो ।प्रहरीले उक्त गाडीका चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ । सुन तस्करीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उक्त सुन चीनबाट केरुङ नाका हुँदै भित्र्याइएको आशंका गरिएको छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...