header
ताजा खाबर :

रामेछापमा राँगोले हान्दा वडा अध्यक्षसहित चार जना घाइते, राँगोलाई गोलि हानेर मारियो

 
  रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितिमा मगंलबार बिहान राँगोले हान्दा वडा अध्यक्ष कुबिर खत्रीसहित चार जना घाइते भएका छन् । घाइते मध्ये वडा अध्यक्षको अवस्था गम्भीर रहेको छ । 
गम्भीर घाइते खत्रीको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि छिमेकी जिल्ला दोलखाको जिरीतर्फ लगिएको छ । राँगाले हान्दा इलाका प्रहरी कार्यालय प्रितिका एक प्रहरी जवान र स्थानीय मानबहादुर सार्की र कालु नेपालीसमेत घाइते भएका छन् । घाइते तीनै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रितिबाट मानबहादुर खत्रीले टेलिफोन मार्फत जानकारी दिए । 
उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरवाट २९ हजार रुपैयाँमा प्रिति लाप्चानेका चन्द्रबहादुर श्रेष्ठले सोमबार खरिद गरी प्रिति तर्फ ल्याउँदै गरेको राँगो सडकमा गुडिरहेको ट्याक्टर देखेर तर्सेर भागेको थियो । ट्याक्टरको आवाजले त्रसेर भागेको राँगोले गाउँलेहरुलाई एकाएक हान्न थालेपछि गाउँलेहरुले सोमबार राति राँगालाई समातेर नाक छेडेर बाँधेका थिए । गाउँलहेरुले राँगोलाई बाधेर घर लैजाने सल्लाह चन्द्रबहादुरलाई दिएपछि चन्द्रबहादुरले राँगा डोर्याउँदै घरतर्फ जाने क्रममा पुनः दाम्लोसहित भागेको राँगाले मान्छे धमाधम हान्न थालेपछि स्थानीय बासिन्दाले प्रहरीमा खवर गरेका थिए । 
घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले राँगा समात्न जाँदा अन्धाधुन्ध हान्दा वडा अध्यक्ष र एक प्रहरी जवानसहित ४ जना घाइते भएका छन् । राँगो समात्न नसकेपछि प्रहरीले राँगोलाई प्रिति वडा नं ४ को दशडाँडा भन्ने स्थानमा गोली हानी मारेको इलाका प्रहरी कार्यालय प्रितिले जनाएको छ । 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...