header

रामेछापमा अस्थायी शिक्षक संघर्ष समितिले जिशिकामा बुझायो ज्ञापन पत्र ।।

 
राजन महतारा क्षेत्री , हजुरको रेडियो रामेछाप ।।
रामेछाप जिल्लामा अस्थायी शिक्षक संघर्ष समितिले अस्थायी, राहत अनुदान मावि उमावि करारका शिक्षकहरुसँग म्याद थप गर्दा र नियुक्ती समर्थन गर्दा जिल्ला शिक्षा कार्यालयले अवैधानिक रुपमा शुल्क लिने गरेको भन्दै जिल्ला शिक्षा कार्यालय मन्थलीमा सोमबार ध्यानाकर्षण पत्र बुझाएको छ । संघर्ष समितिका अध्यक्ष सुभाष चन्द्र श्रेष्ठ र सचिब रुद्र बहादुर केसीद्वारा हस्ताक्षर गरीएको उक्त ज्ञापन पत्रमा जिल्ला शिक्षा समितिले गरेको बैशाख २७ गतेको निर्णय बदर हुनुपर्ने भन्दै म्याद थप गर्दा प्रति शिक्षक ३ सय देखि ९ सयसम्म शुःल्क लिने निर्णय तत्काल खारेजी हुनुपर्ने यदि उक्त निर्णय खारेजी नगरेमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरी न्यायलय र अख्तियारसम्म पुग्ने चेतावनी अस्थायी शिक्षक संघर्ष समितिले दिएको छ ।  तर  जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले भने शिक्षा समितिको निर्णय लाई कार्यालयले पालना गरेको बताउनु भएकोे छ ।  । 
 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...