header
ताजा खाबर :

भँगेरीमा पुन निर्माण र नवनिर्माण गरिएको विद्यालयको भवन उद्घाटन ।।

 
रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नम्बर ८ भंगेरीमा अवस्थित भंगेरी माध्यमिक विद्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरी  पुन निर्माण र नवनिर्माण गरिएको विद्यालयको भवन उद्घाटन गरिएको छ । च्द्यएध् र  चाईल्ड फन्ड जापानको आर्थीक तथा प्राबिधिक सहयोगमा र जिल्ला शिक्षा कार्यालय रामेछापको समन्वयमा निर्माण भएको एकतले आरसीसी भवनको उद्घाटन गृहराज्यमन्त्री श्यमकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा र रामेछाप नगरपालिकाको नगरप्रमुख नर बहादुर मगरको विशेष अतिथ्यतामा   तथा  वि व्य स का अध्यक्ष नरेशबाबु श्रेष्ठको सभापतित्वमा भवन  उद्घाटन गरिएको छ । कार्यक्रममा राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि,विभिन्न संघसस्थाका प्रतिनिधिहरु,पत्रकार समाजसेवी,वुद्धिजिवी,शिक्षक,अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै गृहराज्यमन्त्री श्रेष्ठले आगामी दिनमा श्री मा वि भँगेरीको भौतिक संरचनाहरु निर्माणमा जुनसुकै बेलामा पनि आफु सहयोग गर्न प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...