header

पुन निर्माणलाई व्यवस्थित गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम ।।

 
राजन महतारा क्षेत्री ,हजुरको रेडियो रामेछाप ।।
२०७४ साउन २७ ।।।
रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा ट्रान्सफरेन्सि इन्टरनेशल नेपालको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  श्रि गौरीशंकर बहुमुखी क्याम्पसको प्राङगणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा रामेछाप नगरपालिका भित्रका वडाहरुमा भएको पुननिर्माणको अवस्था बारे  भुकम्प पिडित र पुननिर्माणका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था , पुननिर्माण प्रधिकरणका इन्जिनियरका बिच सबल जवाफ  गरिएको छ  । सार्वजनिक सुनुवाईमा उपस्थित प्राय भुकम्पपिडितले आफनो घर लाभग्राहि सुचिमा नपरेको र गुनासो भर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख उपप्रमुख,कार्यकारी अधिकृत,वडाध्याक्ष  लगाए विभिन्न सरकारी तथा गैर सरकारी सघसंस्थाका प्रमुख एवम प्रतिनिधिको उपस्थिती रहेको  थियो । पुन निर्माणलाइ समयमै सम्पन्न गर्न र सम्बन्धित निकायलाई जवाफदेहि बनाउन  सार्वजनिक सुनुवाई गरिएको ट्रान्सफरेन्सि इन्टरनेशल नेपाल जिल्ला साखा रामेछापका प्रमुख जगननाथ अधिकारीले जानकारी दिनुभयो  । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...