header
ताजा खाबर :

सामुदायिक मेलमिलाप कर्ताहरुको अनुभव आदन प्रदान कार्यक्रम सम्पन्न ।।

 
२०७४ साउन २४ ।
राजन महतारा क्षेत्री , हजुरको रेडियो रामेछाप 
रामेछाप जिल्ला रामेछाप नगरपालिकामा आज सामुदायिक मेलमिलाप कर्ताहरुको वडास्तरीय अनुभव आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । तामाकोशि सेवासमिती रामेछापको आयोजना र द एसिया फउन्डेसनको आर्थिक सहयोगमा सन्चालित सामुदायिक मेलमेलाप कार्यक्रमको अनुभव आदन प्रदान कार्यक्रममा प्रमुख अतिथी रामेछाप नगरपालिकाको उपमियर सृजना खडका ,कार्यक्रका सभापति रामेछाप नगरपालिकाको सामुदायिक मेलमिलाप केन्द्रका नगर संयोजक विन्दा मगर र सामुदायिक मिलमिलाप केन्द्रका जिल्ला संयोजक हिमाल ढंगेलको आतिथ्तामा कार्यक्रम भएको हो  । आज भएको कार्यक्रमा रामेछाप नगरपालिका भित्रका वडाका वडाध्यक्ष र सामुदायिक मेलमिलाप कर्ताहरुको उपस्थिती रहेको थियो । अनुभव आदन प्रदान कार्यक्रममा तामाकोशि सेवासमिती रामेछापका प्रशिक्षक यादव दाहालले प्रशिक्षण दिनु भएको थियो ।  कार्यक्रममा वडाका वडाध्यक्षहरुले सामुदाकि मेलमिलाप केन्द्र समाजको लागि अपरिहार्य भएको र आफुहरु निरन्तर सामुदायिक मेलमिलाप केन्द्रलाइ सहगोग गर्ने बचन व्यक्त गरेका छन । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...