header

रामेछापमा अज्ञात रोगका कारण खसिबाख्रा भकाभकी मर्न थाले किसान चिन्तित ।

२०७४ साउन २३ गते ,
राजन महतारा क्षेत्री हजुरको रेडियो रामेछाप ।। 
रामेछााप जिल्ला रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा किसानले  पालेको खसि,बोका र बाख्रामा अज्ञात रोग देखा परेको छ । केहि दिन यता खसि बाख्रामा देखा परेको अज्ञात रोगको कारण अहिलेसम्ममा २० वटा भन्दा धेरै खसि बाख्राहरु मरिसकेका छन । रामेछाप नगरपालिकाको पालेवन,हिलेपानी र सिम्लेका अधिकांस किसानले पालेको खसि बाखा्रहरु मर्न थालेपछि किसानहरु चिन्तामा परेको हुन । घाँस नखाने ,झोक्राउने र झोक्राएको केहि समयमै धमाधम खसि बाख्राहरु मर्न थालेपछि किसानहरु त्रसित बनेका छन ।  यसरी आफनो खसि बाख्रा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यलयमा जानकारी गराएको तर   पशुचिकित्सक  समयमै नआउने र आए पनि  चर्काे शुल्क लिने गरेको पिडित किसान  नारायण  महताराले बताउनुभयो । एकै दिन एक लाख बराबरको तिनवटा खसि मरेको र खोरमा रहेका सबै खसि बाख्राहरु बिरामि परेको कु्रा महताराले बताउनुभयो । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...