header
ताजा खाबर :

दाउन्ने उकालोमा बस दुर्घटना, ३२ जना घाइते

 
 
नवलपरासी, साउन १४ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् ।
घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बाह्र जनाको बुटवल र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए । बस तीव्र गतिमा भएका कारण सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...