header

डा। गोविन्द केसीको समर्थमा आज प्रदर्शन हुँदै

 
 
काठमाडौं, साउन १४ – आफ्ना सुझावसहित चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने लगायत माग गर्दै अनसनमा बस्नुभएका डा। गोविन्द केसीको समर्थनमा शनिबार प्रदर्शन हुँदैछ ।पटक पटक अनसन बस्दा पनि डा। केसीले उठाएका माग पूरा नभएकोमा विभिन्न पेशा र क्षेत्रका व्यक्ति काठमाडौंको माइतीघर मण्डलामा भेला भएर माग पूरा गराउन दबाब दिन लागेका हुन् । उनीहरुले ‘म डा। केसीसँगै छु’ अर्थात आइ एम विथ डाक्टर केसी अभियान चलाइरहेका छन् । बिहान ११ बजे माइतीघरमा भेला भएर ¥याली र संक्षिप्त सभा गर्ने तयारी भइरहेको अभियानका आयोजकले जानकारी दिएका छन् ।यसैबिच सरकारी वार्ता टोली र डा। केसीका प्रतिनिधिबिच शनिबार पनि वार्ता हुँदैछ । डा। केसीका माग संसद र विश्वविद्यालयसँग पनि सम्बन्धित भएकाले ती निकायसँग समेत छलफल गरी फेरि वार्ता गर्ने समझदारी शुक्रबार भएको थियो । ११ औं पटक अनसन बसेको छैटौं दिन हुँदा डा। केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...