header
ताजा खाबर :

पुष्पलालको ३९ औं स्मृति दिवस रामेछापमा मनाईयो एमाले वरिष्ठ नेता नेपाल चढेको गाडिमा आक्रमण ।।

 
राजन महतारा क्षेत्री 
हजुरको रेडियो रामेछाप ।।
रामेछाप । साउन ८ गते,
नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को ३९ औं स्मृति दिवसका अवसरमा आज रामेछापमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । वि.सं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरि संस्थापक महासचिव बनेका श्रेष्ठलाई नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ । श्रेष्ठले राणा शासन हटाएर नेपालमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेल्नु भएको  थियो   । 
यसैबिच पुष्पलाल श्रेष्ठ को ३९ औं स्मृति दिवसका अवसरमा पुष्पलालको जन्मथलो   रामेछापको भंगेरीमा आज  बिशेष कार्यक्रमहरु भएको छ । आज बिहान पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापको आयोजनामा  पुष्पलाल प्रतिष्ठान काठमाण्डौका अध्यक्ष एवं एमाले बरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा पुष्पलालको जन्म गाउँ रामेछाप नगरपालिका भंगेरीमा माल्र्यापन कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै पुष्पलाल प्रतिष्ठान काठमाण्डौका अध्यक्ष एवं एमाले बरिष्ठ नेता नेपालले रामेछापको भंगेरीमा ऐतिहासिक पार्क बन्ने र रामेछाप जिल्लाको चिनारी अब बन्ने पार्कबाट  हुने बताउनु भएको छ । अर्को प्रसंगमा बोल्दै उहाँले अब प्रेदेश नम्बर दुईमा हुने निर्वाचनमा पनि एमाले नै पहिलो पार्टि हुने दाबि गर्नु भएको छ । सोहि अवसरमा देशको समसामायिक राजनितीक  घटनाक्रमका बारेमा पत्रकार भेटघाट कार्यक्रम पनि सम्पन्न भएको छ  । त्यसै गरी  सदरमुकाम मन्थलीमा बिचार गाष्ठी र जिल्लाका ८ वटै स्थानीय तहका निर्वा्चित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम  पनि भएको छ ।।
यसैबिच पुष्पलाल प्रतिष्ठान काठमाण्डौका अध्यक्ष एवं एमाले बरिष्ठ नेता माधव कुमार नेपाल चढेर आएको गाडिमा हिजो राति साँढे नौ बजे रामेछाप बजारमा गाडि पार्किङ गरी राखेको ठाउँमा आक्रमण भएको छ । आक्रमण कसले र किन गर्यो भनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणबाट गाडिको पछाडिपटिको सिसा फुटेको छ । अहिले रामेछाप बजारमा  विभिन्न राजनितीक दलहरु बिच आक्रमणको बारे आरोप प्रत्यारोप जारी छ ।  
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...