header

सिन्धुलीमा आफनो गाउँ सफा बनाउ अभियान सुरु ।।

 
राजन महतारा क्षेत्री ।।
हजुरको रेडियो रामेछाप ।।
सिन्धुली जिल्लाको गोलुङजोर गाउँपालिका वडा नम्बर ३ ग्वालटारमा आजबाट आफनो गाउँ सफा बनाउ अभियान सुरु भएको छ । वडा अध्यक्ष पुष्कर राज बरालको नेतृत्वर र अगुवाइमा सुरु भएको सरसफाई कार्यक्रममा आज ग्वाल्टार बजार सरसफाइ गरिएको छ । आजबाट सुरु भएको सरसफाई अभियान हरेक हप्ताको सनिबार निरन्तर रुपमा जारी रहने ग्वाल्टारका व्यवसायी गौरव कार्कीले जानकारी दिनुभएको छ । आज भएको बजार सरसफाई  कार्यक्रममा वडाअध्यक्ष,वडा सदस्यहरु ,स्थानियवासि,विभिन्न सरकारी तथा  गैर सरकारी संस्थाका प्रतिनिधी, र विभिन्न राजनितीक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । त्यसैगरी आजबाट सुरु भएको  बजार े सरसफाइ अभियान बजार क्षेत्रका ठाउँठाउँमा फोहोर हाल्ने कन्टेनर पनि राखेको छ ।बजार  क्षेत्रको फहोर व्यवस्थापन गर्नको लागि हरेक दिन ट्याक्टरको पनि व्यवस्था गरिएको र बजार क्षेत्रमा जथाभावि फोहोर नफाल्न पनि बजारवासिलाइ आग्रह गरिएको छ । यदि नियमलाई बेवास्था गरि फोहोर फालेको पाइएमा कडा कार्बाहि गरिने गोलुङजोर गाउँपालिकोल जनाएको छ । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...