header
ताजा खाबर :

साउदीबाट १२ नेपालीको उद्धार

 
 
खोटाङ, साउन २( साउदी अरवमा अलपत्र परेका १२ युवाको उद्धार गरिएको छ । कार्यरत समी इब्राहिम आबु अल्सामत कन्ट्र्याक्टिङ इस्ट कम्पनीले ४ महिनासम्म तलव तथा खाने र बस्ने सुविधा नदिइ अलपत्र पारेका १५ जनामध्ये चितवनका जीवन महतो, कपिल स्याङतान, अशोक लामा र भक्ती चौधरी, उदयपुरका तारा कार्की र काजी कार्की, झापाका जीतबहादुर थापा र दिपबहादुर थापा, सिन्धुलीका थिरबहादुर थापा, मोरङका सुसन खड्का, रौतहटका बिजुली मुखिया र भक्तपुरका बालहरि परियारको उद्धार गरिएको हो । 
म्यानपावरसँग गरिएको सम्झौता विपरित कम्पनीले अर्कै काममा लगाएको, तलव नदिएको र खानेवस्ने व्यवस्था नमिलाएको पाइएपछि युवालाई नेपाली दुताबास तथा विभिन्न संघसंस्थाको पहलमा स्वदेश फर्काइएको हो । उनीहरुलाई नेपाल फर्कने टिकट र त्यसक्रममा लाग्ने खाना खर्च स्वयं म्यानपावर कम्पनीलाई बेहोर्न लगाएर स्वदेश फर्काइएको साउदीअरवबाट खोटाङका गजेन्द्र खालिङ राईले जानकारी दिनुभयो । १५ जना युवा सेल्समेन र मेकानिकल सम्बन्धी कामका लागि ७ महिनाअघि मेनपावर कम्पनी एच गल्फ ग्रुपमार्फत साउदीअरब पुगेका हुन् । 
अलपत्र परेका युवालाई कम्पनीबाट उद्धार गरेर ३ महिनासम्म दुतावासको शरणमा राखिएको थियो । अलपत्रमध्ये पर्वतका देवबहादुर राना, महोत्तरीका जोककुमार राई दनुवार र ईलामका प्रेमराज लिम्बू केही समयपछि स्वदेश फर्कने राईले बताउनुभयो । 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...