header
ताजा खाबर :

जनप्रतिनिधिले प¥याए घरघरमै सामाजिक सुरक्षा भत्ता

 
राजन महतारा क्षेत्री ।
हजुरको रेडियो रामेछाप ।।।
रामेछाप, असार २० । रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरका जनप्रतिनिधिले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।रामेछाप नगरपालिका ५ का वडा अध्यक्ष भिम बहादुर तामाङ सहित  जनप्रतिनिधिले जिल्लामा  पहिलोपटक सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरेका हुन् । साथै वडा नम्बर ५ का  वडाअध्यक्ष सहितका जनप्रतिनिधिले रामपुरका जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको छ । सरकारले बैंकमार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता जनप्रतिनिधिले भने छुट्टाछुट्टै फाइल बनाई घरमै भर्पाई गराएर नगद वितरण गरेका छन् । सरकारले सो भत्ता एकल महिला, ज्येष्ठ नागरिक, पूर्ण अपांगता र आंशिक भएका व्यक्तिलाई वितरण गर्दै आएको छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...