header
ताजा खाबर :

१६८ स्थानीय तहमा मतगणना सुरु

 
१५ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमध्ये १६८ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ ।३३४ स्थानीय तहमा बुधबार मतदान भएको थियो । निर्वाचनमा ७३.६९ प्रतिशत मत खसेको छ ।आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, प्रदेश नं. १ मा ७२.४९ प्रतिशत, प्रदेश नं. ५ मा ७५.३४ प्रतिशत र प्रदेश नं. ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ। । बुधबार भएको निर्वाचनको मतगणना गएरातिबाटै शुरु भएको हो । मतदान सकिएलगत्तै मतपेटिका संकलन भएका भएका स्थानीय तहहरुमा मतगणना शुरु गरिएको हो भने केही स्थानीय तहको मतगणना आजबाट मात्र शुरु गरिने भएको छ ।प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा भएको मतदानको प्रारम्भिक परिणाम पनि आउन थालेको छ ।झापा, सुनसरी, मोरङ, भोजपुर, संखुवासभा, रुपन्देही, कैलाली, बाजुरा, कञ्चनपुर, डोटी, बैतडीका स्थानीय तहमा मतगणना जारी छ ।त्यसैगरी, पाँचथर, उदयपुर, बाँके, गुल्मी, सोलुखुम्बु, नवलपरासी, रोल्पालगायतका जिल्लाका स्थानीय तहको मतगणना पनि जारी छ ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...