header

मतदानस्थल नजिकै विस्फोट, स्थिति सामान्य

 
 
कञ्चनपुर, असार १४ । कञ्चनपुरको भिमदत्त नगरपालिकाको वडा नम्बर ४ स्थित भृकुटी माविमा बम बिस्फोट भएको छ ।
 
 
मतदान चलिरहेकै अवस्थामा बिहान साढे ९ बजे मतदानस्थल नजिकै रहेको शौचालयमा बम बिस्फोट भएको हो । विस्फोटपछि मतदानका लागि लाममा बसेकाहरुको केहीबेर भागाभाग भएको थियो ।
 
यसैबीच कञ्चनपुरकै महाकाली नगरपालिका–४ चाँदनी बजारस्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयनजिक भेटिएको बस नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । चुनावलाई बिथोल्ने मनसायले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम राखेको प्रहरीले जनाएको छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...