header
ताजा खाबर :

बमसहित नेकपाका कार्यकर्ता पक्राउ

 
उदयपुर, असार १४ । बुधबार राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ ।
 
 
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ बस्ने ४० वर्षीय भरत बस्नेत, रौता– ७ बस्ने ३० वर्षीय तिलक तामाङ र ४६ वर्षीय ध्रुव खड्का रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
 
रौता, मुर्कची बजारबाट पक्राउ गर्दा उनीहरुका साथबाट दुई थान बम र केही हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताए ।
 
कटारी नगरपालिका– १ बाट एक र गाईघाटबाट दुई जना यसअघि नै पक्राउ परिसकेको जनाइएको छ । ९रासस०
 
 इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको स्वास्थ्य सम्वन्धी शन्देसहरु

स्वास्थ्य सम्वन्धी शन्देसहरु १. राष्ट्रिय खोप तालिका खोप कहिले दिने ? खोपको नाम कुन रोगवाट बचाउन ? जन्मने ...

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...