header
ताजा खाबर :

सिन्धुली खुर्कोटमा २५ शैयाको अस्पताल उद्घाटन

 
२०७४ जेठ ३१ 
राजन महतारा क्षेत्री , हजुरको रेडियो रामेछाप ।।।
सिन्धुलीको गोलुङजोर गाउँपालिका वडा नम्र ७ खुर्कोटमा आज २५ शैयाको अस्पतालको उदघाटन गरिएको छ । सिन्धुली र आसपासका छिमेकी जिल्लाहरुको नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याइ स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने उद्धेश्यले स्थापना गरिएको शुभ जिवन अस्पताल आज उदघाटन गरिएको छ । अस्पताल उदघाटन कार्यक्रममा  सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की , सिन्धुलीका प्रहरीनायब उपरीक्षक सुवाश बोहोरा शुभ जिवन अस्पतालका अध्यक्ष डाक्टर राजन न्यौपाने लगायत पत्रकार , समाजसेवि र स्थानिय बासिन्दाको सहभागिता थियो । आज देखि उदघाटन भएको अस्पतालले २४ सै घण्टा नागरीकलाइ सेवा दिने  अस्पतालका अध्यक्ष डाक्टर राजन न्यौपानेले बताउनु भएको छ । यसैगरी आजै विश्व रक्तदाता दिवसको अवसर पारेर सिन्धुली खुर्कोटमा शुभ जिवन अस्पताल र ,नेपाल रेडक्रस सोसाईटी साखा सिन्धुलीको साझेदारीमा अस्पताल प्राङगणमा   रक्तदान कार्यक्रम पनि सम्पन्न भएको  छ । रक्तदान कार्यक्रममा शुभ जिवन अस्पतालका अध्यक्ष डाक्टर राजन न्यौपाने लगायत सहित २६ जनाले रक्तदान गरेका छन । रत्तदान गर्नेहरुमा स्वास्थ्यकर्मी,पत्रकार र स्थानिय बासिन्दाहरु रहेको छन । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...