header
ताजा खाबर :

महोत्तरीमा एमाले सांसद चढेको गाडीमा ढुंगामुढा, ड्राइभरले गाडी प्रहरीकोमा पुर्‍याएर जोगाए

 
 
 
महोत्तरी, जेठ ३० – महोत्तरीको औरही गाउँपालिकामा नेकपा एमालेका सांसद चढेको गाडीमा ढुङ्गामुढा प्रहार भएको छ । महोत्तरी क्षेत्र नम्बर ५ का एमालेका सांसद दिपनारायण साह सवार गाडी बन्दमा चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले मंगलबार बिहानै ढुङ्गामुढा गरेका छन् ।  
बर्दिबास(औरही(जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताहरुले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् । ढुङ्गामुढाबाट सांसद साहको गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ । ढुङ्गामुढा प्रहार पश्चात सांसद सवार गाडीका चालकले गाडी तिब्रगतिमा भगाएर ज्यान जोगाएको बताए । उनले भने, ‘हाम्रो गाडी आन्दोलनकारीहरुले बाटोमै छेक्यो । गाडी रोक्न स्लो गरेर आन्दोलनकारी छल्दै ज्यान जोगाउन बर्दिबास प्रहरीमा पुगेँ ।’
आन्दोलनकारीको ढुङ्गामुढा प्रहार पछि सांसद साहले ज्यान जोगाउन औरहीबाट १५ मिनटमै इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षाको लागि पुगेका थिए । अहिले सांसद इलाका प्रहरी कार्यालय बर्दिबासमा रहेका छन् । 
सरकारले असार १४ गते घोषणा गरेको स्थानीय तहको दोस्रो चरणको चुनावको विरोध गर्दै आएको राजपा नेपालले मंगलबारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको पहिलो दिन बन्दमा गाडी चलाएको भन्दै राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडीमा ढुङ्गमुढा प्रहार गरेका हुन् ।
आफ्नो निर्वाचन क्षेत्र सम्सी हुँदै रामगोपालपुरबाट बर्दिवास आउँदै गर्दा औरही बजारमा सांसद साहमाथि राजपाका कार्यकर्ताहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...