header

अब साउदीमा मासिक १ सय रियाल ‘लेभि’ कामदारले तिर्नुपर्ने

 
 
काठमाडौं, जेठ २९ – साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । अब साउदीमा कार्यरत आप्रवासी कामदारले  साउदीमै आफुसँग आश्रित रहेका आफन्तको पनि प्रत्येक महिना एक सदस्य बराबर  १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको छ ।
साउदीमा कार्यरत आप्रवासी कामदारको लागि भने प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको छ । सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पुर्‍याउने साउदीको लक्ष्य रहेको छ ।
देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो । यो  नियमको  विषयमा निर्णय हुन बाँकी छ । अर्को वर्षबाट लागुहुने गरि सन् २०२० सम्ममा बढाउदै लैजाने योजना रहेको  साउदीले जनाएको छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...