header
ताजा खाबर :

प्रधानमन्त्री देउवाले आज सपथ लिने, आजै सानो आकारको मन्त्रिपरिषद बन्ने

 
 
काठमाडौं, जेठ २४ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज९बुधबार० पद तथा गोपनियताको सपथ लिंदैछन् ।गरिएको छ । आज नै पदभार ग्रहण गर्दै उनले सानो मन्त्रिपरिषद समेत बनाउने जनाइएको छ ।पहिलो चरणमा कांग्रेस र माओवादी केन्द्रबाट तीनरतीन जना र फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारसहितको मन्त्रीमण्डल बन्ने सम्भावना छ ।यसअघि मंगलबार संसद भवन बानेश्वरमा भएको प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा भारी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।देउवाको पक्षमा ३ सय ८८ सांसदले मत दिएका थिए भने विपक्षमा १ सय ७० मत परेको थियो । संसदमा ५ सय ९३ सदस्य कायम रहेकोमा प्रधानमन्त्री चयनको निर्वाचनमा ५ सय ५८ मत खसेको थियो ।नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम लगायतका दलहरु तथा केही स्वतन्त्र सांसदको मत देउवाले पाएका थिए ।विपक्षमा भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टीलगायतका पार्टीका सांसदले भोट हालेका थिए ।यसअघि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले देउवालाई प्रधानमन्त्रीमा चयन गर्न प्रस्ताव गरेका थिए भने कांग्रेस उपसभापति रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छेदारलगायत नेताले समर्थन गरेका थिए ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...