header

रामेछापमा गर्मीले जनजीवन कष्टकर

 
राजन महतारा क्षेत्री
हजुरको रेडियो रामेछाप ।।
 केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण रामेछापको सदरमुकाम मन्थलीको जनजीवन कष्टकर बन्दै गएको छ ।गर्मीका कारण मन्थली बजार र आसपासको गाउँहरुको  जनजीवन पनि निकै कष्टकर भएको छ ।गर्मीका कारण मन्थली  बजार दिउँसो सुनसान देखिने गरेको  छ । अस्पतालमा बिरामीको चाप बढेको छ ।जिल्ला अस्पताल रामेछापका अनुसार अस्पतालमा दैनिक आउने बिरामीमध्ये झाडापखाला र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान आउन पनि गाह्रो हुन थालेको छ ।अहिले मन्थलीको तापक्रम  दिउँसो ३९ देखि ४० डिग्रीसम्म पुग्ने गरेको छ । यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन जिल्ला स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य अधिकृत प्रकाश प्रसाद शाहले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र फलफुल बढी खानुका साथै हरियो सागसब्जी र अत्याधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह जनस्वास्थ्य अधिकृत शाहले दिएका छन ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...