header
ताजा खाबर :

रामेछापको नगरकार्यपालिकामा काँग्रेस माओवादी गठबन्धन निर्वा्चित

 
१९ जेष्ठ २०७४ रामेछाप– शुक्रबार भएको नगरकार्यापालिकाको निर्वाचन अन्तर्गत रामेछापको दुई नगरपालिकामा माओवादी र काँग्रेसको गठबन्धन विजयी भएको छ । नगरकार्यपालिका गठनको लागि भएको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्र समीकरण गरेर निर्वाचनमा गएका थिए भने नेकपा एमाले एक्लै चुनावमा उत्रिएका थिए ।एउटा नागरपालिकामा ८ जनाको लागि भएको निर्वाचनमा नेपाली काँग्रेस ४ र माओवादी केन्द्रबाट ४ जना विजयी भएका छन् । मन्थली नगरपालिकाको नरकार्यपालिकामा वडाबाट निर्वा्चित भएर आएका महिला मध्येबाट नेपाली काँग्रेसबाट यशोदा श्रेष्ठ, विमला रम्तेल, हिराकुमारी गिरी र माओवादी केन्द्रबाट ममिता श्रेष्ठ र शान्ति तामाङ विजयी भएका छन् ।त्यसैगरी दलित र  खुल्ला सदस्यतर्फ काँग्रेसका निर्माण माझी विजयी भएका छन् भने माओवादी केन्द्रबाट उद्धव रम्तेल र श्रीबहादुर माझी निर्वा्चित भएका छन् ।  मन्थली नगरपालिकामा ७२ मतदाता रहेका थिए ।त्यस्तै रामेछाप नगरपालिकामा पनि काँग्रेस माओवादी गठबन्धनको ४÷४ जना विजयी भएका छन् ।  रामेछाप नगरपालिकामा महिलातर्फ नेपाली काँग्रेसबाट जुमना हायु, समिता विक र ज्ञानुदेवि बस्नेत कार्की विजयी भएका छन् भने माओवादीको तर्फबाट अनिता काफ्ले र कविता रिजाल निर्वा्चित भएका छन् ।त्यसैगरी दलित र अल्पसंख्यक खुल्लाबाट काँग्रेसका १ र माओवादी केन्द्रका २ जना निर्वा्चित भएका छन् । जसमा काँग्रेसबाट रुकुम हायू विजयी भएका छन् भने माओवादी केन्द्रका जनकराज सुनुवार र सरोज कुटुवाल निर्वा्चित भएका छन् । रामेछाप नगरपालिकामा नगरकार्यपालिका निर्वाचनको लागि ४७ मतदाता रहेका थिए ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...