header

रामेछापमा सवारी गति तिव्र पैदल यात्री र विद्यार्थी समस्यामा

 
राजन महतारा क्षेत्री ,
हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप 
२०७४ जेठ २० ।
रामेछाप जिल्ला रामेछाप नगरपालिका स्थित रामेछाप बजारमा सवारी गति तिव्र हुन थालेको छ । रामेछाप बजारमा गुडने अधिकांस सवारी साधनहरु मध्ये ट्याक्टर,मोटरसाइकल र टिफरको गति अत्याधिक मात्रामा बढ्ने गरेको सर्वसाधरणले  गुनासो गरेको  छन । रामेछाप बजारमा गुड्ने ट्याक्टर र मोटरसाइकलको तिव्र गतिले विेशेष गरी विद्यार्थी र वृद्धवृद्धलाई बढि असर पारेको छ । सवारी साधनको गति सिमीत नहुँदा , धेरै हर्न बजाइदिँदा , र टयाक्टरमा ठुलो आवाजमा गित बजाइदिँदा  सडक छेउमा रहेको विद्यालयलाइ बढि असरपारेको  भंगेरी माध्यमिक  विद्यालयका प्रधानाध्यापक मोहनकुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको र टयाक्टरमा ठुलो आवाजमा गित बजाउदै तिव्र गतिमा चलाइनुले सडक छेउका विद्यालयका विद्यार्थीको ध्यान पढाइतिर नगएको गुनासो गर्नुभयो  ।  रामेछाप बजारका विद्यालयहरु गौरीशंकर मा.वि,, भंगेरी मा.वि ,गंगालाल एकेडेमी र बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थिहरुले  विद्यालय आउने र जाने क्रममा सवारी तिव्र गतिमा चल्दा विद्यालय आउन र जान कठिनाइ भएको गुनासो गरेका छन । यस्तै अभिभावकहरुले पनि सवारी  गति तिव्र हुँदा विद्यालयबाट छोराछोरी नफर्कुन्जेल बाटो हेरीरहनु पर्ने बाध्यता रहेको बताएका छन । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...