header
ताजा खाबर :

रामेछापमा बजार अनुगमन औपचारिकता मात्रै भएको गुणासो

 
रामेछाप । जेठ १५ गते,राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताहरुका लागि सरोकारवाला निकायले समानुपातिक रुपमा नहेरेको बताएका छन् । सम्बन्धीत निकायले उपभोक्ता अधिकारको लागि कुरा गर्नुभन्दा आर्थिक तथा राजनितिक लाभका लागि जोड दिएकाले समस्या भएको उनको भनाई छ । राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला कार्य समिति रामेछापको आयोजनामा आइतबार सदरमुकाम मन्थलीमा सम्पन्न उपभोक्ता जागरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । यो भन्दा अगाडि जे जस्तो भएतापनि जनप्रतिनिधि छानिएको अहिलेको अवस्थामा उपभोक्ता अधिकारलाई कुण्ठीत गर्नु नहुनेमा उनको भनाई छ । महर्जनले अब जनताले छानेका जनप्रतिनिधिहरुले उपभोक्ता अधिकार कडाईका साथ कार्यान्वयनमा ल्याई कानुन विपरित काम गर्नेलाई तत्काल कारबाहि गर्नुपर्नेमा जोड दिए । उपभोक्ता स्वयम पनि अशिक्षित जस्तो व्यवहार देखाइरहेकाले सबैले व्यवहारमा परिर्वन गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले उपभोक्ता अधिकारका बारेमा तल्लो तहसम्म चेतना पर्याउनु अहिलेको आवश्यकता रहेको बताए । त्यसका लागि सरोकारवाला सबैसँग मिलेर अगाडि बढ्नु पर्नेमा उनको जोड थियो । पूर्व सभासद तारानारायण श्रेष्ठले उपभोक्ता अधिकारका सवालमा प्रभावकारी काम गर्न नसकेको बताए । भुकम्प पश्चात ः आपूर्ती मन्त्रालयको काम शुन्यनै रहेको उनको भनाई छ । रामेछापमा अनुगमनको प्रक्रिया देखावटीमात्रै भएकाले त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले उपभोक्ताहरुको अधिकारमा भन्दा पनि उपभोक्ताहरुलाई जागरण गर्ने खालका अभियानहरु चलाउन आवश्यक रहेको बताए । उपभोक्ताहरु आफ्नो अधिकारका बारेमा जानकार नहुँदा समस्यामा पर्ने गरेको उनको भनाई छ । उपभोक्तालाई मुल्य एकरुपता भन्दा पनि मुल्य छनौटको अवसर दिनुपर्नेमा उनको जोड छ । कार्यक्रम राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लाल बहादुर घिसिङको अध्यक्षता , मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यता र उपप्रमुख माया कार्कीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । उपभोक्ता जागरण र अधिकारका सन्दर्भमा अन्तक्रिया सम्म भएको कार्यक्रममा बोल्ने अधिकांश वक्त्ताहरुले रामेछाप जिल्लामा गरिने बजार अनुगमनका पक्रिया औपचारिकता निर्वाह गर्ने खालका मात्र भएको भन्दै तत्काल परिवर्तन गर्न आवश्कता रहेको बताएका छन् ।
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...