header

आन्तरिक सिप हस्तान्तरण कार्यक्रम रामेछाप

 
राजन महतारा क्षेत्री हजुरको रेडियो रामेछाप 
२०७४ जेठ १५ गते ।।
रामेछाप जिल्ला रामेछाप नगरपालिकामा महिला तथा बालबालिकाका कार्यलयको आयोजनामा हिजो श्रि गौरीशंकर मा.विमा अन्तरपुस्ता सिप हस्तान्तरण कार्यक्राम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यलयको आयोजना  भएको उक्त कार्यक्रममा जेष्ठ नागरिकका अनुभव र सफलताको कथा विधार्थिहरु माझ जानकारी गराइएको थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यलयकी कार्यक्रम अधिकृत सत्यदेवि अधिकारी , जेष्ठ नागरिक समाजका अध्यक्ष नारायण दाश श्रेष्ठ ,निजामति कर्मचारीबाट अवकास प्राप्त जेष्ठ नागरिक दिनेशराज शर्मा , श्रि गौरी शंकर मा.विका प्र.अ निर ब. कार्की , पत्रकार , शिक्षक र विधार्थिको  सहभागितामा सम्पन्न भएको छ । रामेछाप जिल्लाका ४ वटा विधालयमा सन्चालन गर्नुपर्ने कार्यक्रम श्रि गौरीशंकर मा.वि बाट सुरु गएिको महिला तथा बालबालिका कार्यलयकी कार्यक्रम अधिकृत सत्यदेवि अधिकारी जानकारी दिनुभयो त्यसैंगरी उहाँले विधार्थि भाइबहिनीहरुलाइ महिला तथा बालबालिका कार्यलयले गर्ने काम कर्तव्यको बारेमा जानकारी गराउनु भएको छ । यसैगरी कार्यक्रका प्रमुख अतिथी निजामति कर्मचारीबाट अवकास प्राप्त जेष्ठ नागरिक दिनेशराज शर्माले आफुले भोगेका भोगाइ र सफलताको कथा विधार्थि भाइबहिनीहरुमाझ प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको मुख्य उद्धेश्य जेष्ठ नागरिकले जानेका सिप भोगाइ नयाँ पिँडिलाइ जानकारी गराउँदै नयाँ पिँडिलाइ पनि सफल बनाउनु र जेष्ठ नागरिकको कर्तव्यको बारेमा जानकारी गराउनु रहेको  जेष्ठ नागरिक समाजका अध्यक्ष नारायण दाश श्रेष्ठले बताउन भयो । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...