header
ताजा खाबर :

रामेछापका ३ वटा रेडियोको प्रसारण रोकियो

 
रामेछाप । जेठ १३ गते,
शुक्रबार बिहान परेको चट्याङका कारण रामेछापमा संचालित ३ वटा रेडियोको प्रसारण एकैसाथ अवरुद्ध भएको छ । बिहान ७ बजे जिल्लाको रामेछाप नगरपालिका भालुखोपमा रहेको ३ वटै रेडियोको टावरमा चट्याङले असर गर्दा रेडियोको प्रसारण अवरुद्ध भएको हो । चट्याङका कारण रेडियो तीनलाल ८८.६ मेगाहर्ज , रेडियो तिफदी ९९.१ मेगाहर्ज र रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रसारण अवरुद्ध भएको हो । चट्याङले भालुखोपमा रहेको रेडिको टावर ,ट्रान्समिटर ,युपिएस,मिटर बक्स लगाएतका समाग्रीमा असर गरेको रेडियो संचालकहरुले जनाएका छन् । चट्याङका कारण बिग्रीएका सामाग्रीहरु बनाउनका लागि काठमाण्डौ लानुपर्ने भएकाले रेडियो पुन संचालन गर्न केहि दिन लाग्ने रेडियो संचालकहरुले बताएका छन् । 
 

Archive

View All

विचार/अन्तरबार्ता

View All

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले ...